हेटाैँडा उपमहानगरपालिकाको बजेट एक अर्ब ८१ करोड

 असार १०, २०७६ मंगलबार १२:३७:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

मकवानपुर – हेटौँडा उपमहानगरपालिकाले आउँदो आर्थिक वर्षका लागि एक अर्ब ८१ करोड १८ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । मंगलबार उपमहानगरपालिकाको पाँचौ नगरसभा बैठकका अवसरमा यो बजेट प्रस्तुत गरिएको हो ।

हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख मिनाकुमारी लामाले प्रस्तुत गर्नुभएको बजेटमा आन्तरिक स्रोतबाट ३० करोड ३४ लाख ९१ हजार रुपैयाँ, राजस्व बाँडफाँटबाट ४५ करोड ८४ लाख ९ हजार रुपैयाँ, प्रदेश ३ सरकारको विभिन्न अनुदानबाट ८ करोड ३४ लाख ९९ हजार रुपैयाँको बजेट ल्याइएको छ । त्यसैगरी संघीय सरकारको अनुदानबाट ८६ करोड ६४ लाख रुपैयाँ प्राप्त हुनेछ । उपमहानगरपालिकाको गएको वर्षको नगद मौजदातबाट १० करोड रुपैयाँ व्यहोरिने उपप्रमुख लामाले बताउनुभयो । 

बजेटमा दैनिक कार्यालय सञ्चालनका लागि तलब, भत्तालगायत अन्य प्रशासनिक खर्चका लागि १९ करोड १४ लाख ४० हजार रुपैयाँ विनियोजित गरिएको लामाले बताउनुभयो । कार्यालयको सुशासनतर्फमा ६ करोड ४५ लाख ८९ हजार रुपैयाँ छुट्याइएको छ । नगरको सामाजिक क्षेत्रतर्फका कार्यक्रमका लागि ५८ करोड ५५ लाख ४३ हजार रुपैयाँ छुट्याइएको छ ।

उपमहानगरपालिकाले पूर्वाधार विकासका लागि ८६ करोड १२ लाख ५० हजार रुपैयाँ छुट्याएर काम गर्न लागिएको उपप्रमुख लामाले बताउनुभयो । त्यसैगरी हेटौँडालाई सफा, हरियाली, फूलैफूलको सहर निर्माणको कामलाई प्राथमिकता दिइएको छ ।  
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया