सुनको भाउ घट्यो

 असार ११, २०७६ बुधबार ११:२४:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – लगातार आकाशिएको सुनको भाउ तोलामा ५ सय रुपैयाँ घटेको छ । 

सुन बुधबार तोलाको ६५ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो अहिलेसम्मकै महंगो तोलाको ६५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज ५ सय रुपैयाँ घटेको हो । त्यस्तै बुधबार तेजावी सुन तोलको ६४ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

यस्तै चाँदी आज तोलामा ५ रुपैयाँ घटेको छ । चाँदी आज तोलाको ७ सय ३५ रुपैयाँमा कारोबार भैरहेको छ । 
 

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया