आइएमई पे र आईसीएफसी फाइनान्सबीच सम्झौता

 असार ११, २०७६ बुधबार २०:२९:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आइएमई ग्रुपले प्रवर्द्धन गरेकाे आईएमई पे र आईसीएफसी फाइनान्सबीच बैंकिङ्ग साझेदारीसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

बुधबार आईएमई पे का तर्फबाट सञ्चालक खिलेन्द्र पौडेल र आईसीएफसी फाइनान्सका तर्फबाट सामान्य सेवा विभाग प्रमुख संजय थपलियाले  सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।

सम्झौता अनुसार आईसीएफसी फाइनान्स आईएमई पेको बैंकिङ्ग साझेदार संस्था हुनेछ । आईसीएफसी फाइनान्समा खाता भएका सेवाग्राहीहरूले खाताको पैसा आईएमई डिजिटलमा रकमान्तर गर्न र आईएमई पे मार्फत विभिन्न सेवाहरुको भुक्तानी गर्न सक्नेछन् ।


 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया