देशभर मौसममा बदली, ठूलो वर्षाको सम्भावना छैन : मौसमविद्

 असार १२, २०७६ बिहिबार ७:४३:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – देशभर मनसुन सक्रिय भएकाले बिहीबार अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहीबार मध्य र पूर्वको तुलनामा पश्चिमको थोरै ठाउँमा पानी पर्ने संभावना रहेको मौसमविद् विभूति पोख्रेलले जानकारी दिनुभयो । उहाँका अनुसार मनसुनी गतिविधिका कारण देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना देखिएको हो । 

मनसुनी गतिविधि सक्रिय हुँदा काठमाण्डौ उपत्यकासहित मध्य र पूर्वका केही स्थानमा बिहीबार बिहानैदेखि हलुका वर्षा भैरहेको छ । केही स्थानमा भने पानी पर्न रोकिएको छ ।

मौसमविद् पोखरेलका अनुसार मध्य र पूर्वका केही स्थानमा दिउँसोसम्म नै पानी पर्ने र रोकिने क्रम भैरहन्छ । पश्चिमको मौसम भने दिउँसोपछि खुल्ने उहाँको अनुमान छ । 

पश्चिममा पोखरा आसपासको क्षेत्रमा पानी पर्ने सम्भावना पनि रहेको छ । तर देशभर ठूलो वर्षा हुने सम्भावना नरहेको उहाँले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया