लेदोले अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालनमा

 असार १२, २०७६ बिहिबार ११:४१:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

धादिङ – लेदो माटो हटाएपछि पृथ्वी राजमार्गमा गाडी चल्न थालेका छन् । झण्डै ६ घण्टा लगाएर राजमार्गमा खसेको लेदो माटो हटाएपछि अहिले गाडी चल्न थालेका जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

तर ६ घण्टासम्म सयौँ गाडी बाटोमै रोकिएकाले अहिले दुवैतर्फ चापमा गाडी गुडिरहेका छन् । अहिले गजुरीदेखि गल्छी सिम्लेसम्म चापमा चलिरहेका प्रहरीको भनाइ छ ।

रागमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका ६ महेश दोभानमा लेदो माटो खसेपछि सडक अवरुद्द थियो ।
 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया