जथाभाबी फोहर फाल्नेबाट वीरगञ्ज महानगरले उठायो २७ लाख रुपैयाँ
चैत १६, २०८० शुक्रबार
काठमाण्डौ – झुटो विवरण दिएर नेपाली नागरिकता बनाएका ५ जना भारतीय नागरिकका नाममा जारी भएका नागरिकता सरकारले खारेज गरेको छ ।
असार ५ र ८ गते बसेको मन्त्रिपरिषद् बैठकले झुटो विवरण पेस गरी नेपाली नागरिकता बनाएका भारतीय नागरिकको नागरिकता खारेज गरेको हो ।
सप्तरीबाट नागरिकता लिएका जीवनकुमार सिंह, धनुषाबाट नागरिकता लिएका अजयकुमार ठाकुर, धर्मेन्द्र ठाकुर र रौतहटबाट नागरिकता लिएका यमुना सिंह र कृपालु सिंहको नागरिकता खारेज गरेको सरकारका प्रवक्ता तथा सञ्चार, सूचना तथा प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो ।
त्यस्तै मन्त्रिपरिषद् बैठकले चर्चित भारतीय आइफा अवार्ड २०१९ नेपालमा आयोजना गर्न स्वीकृति दिएको छ । मन्त्रिपरिषद् बैठकले इन्टरनेश्नल इन्डियन फिल्म एकेडेमी अवार्ड आइफा अवार्ड काठमाण्डौमा आयोजना गर्न स्वीकृति प्रदान गरेको मन्त्री बाँस्कोटाले जानकारी दिनुभयो । अवार्डमा ६ सयभन्दा धेरै प्रतिनिधि रहनेछन् भने ६० भन्दा धेरै भारतीय कलाकार तथा चर्चित व्यक्तिको उपस्थित रहनेछ ।
यस्तै सरकारले पाँच जना सेनानीलाई महासेनानीमा बढुवा गरेको छ ।
पाल्पामा बसपार्क बनाउन रमाइलो सामुदायिक वनका रुख काट्ने, प्यूठानको झिमरुक गाउँपालिकाको केन्द्र भ्यागुते र गुल्मीको रुरु गाउँपालिकाको नाम रुरुक्षेत्र गाउँपालिका राख्न पनि मन्त्रिपरिषद्ले स्वीकृत प्रदान गरेको छ ।