अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
जेठ ५ – भारतीय स्पिनर अमित मिश्राले नेपाली बलर सन्दीप लामिछानेको बलिङबाट आफू प्रभावित भएको बताएका छन् ।
आईपीएल क्रिकेटमा सन्दीप रहेकै टिम दिल्ली डेयरडेभिल्समा रहेका अमितले अभ्यासका क्रममा सन्दीपको बलिङ क्षमतासँग परिचित हुन पाएको र खासगरी सन्दीपको सिधा बल फाल्ने कलाबाट आफू धेरै नै प्रभावित भएको बताएका हुन् ।
शुक्रबार चेन्नई सुपरकिंग्सलाई हराएपछि टेलिभिजन च्यानल स्टार स्पोर्टसँंग कुरा गर्दै अमितले सन्दीपबाट त्यसरी सिधा बल फाल्ने कला आफूले पनि सिक्न चाहेको बताएका हुन् ।
सन्दीपले आईपीएल सकिँदासम्म आफूलाई त्यो कला सिकाउने विश्वास लिएको पनि अमितले बताए । बलिङका क्रममा आफूले सन्दीपलाई विकेट लिनैपर्छ भन्ने वा ब्याटिङमा को छ भन्ने कुरालाई मतलब नगरी आफ्नो मौलिक पारामा बलिङ गर्न सुझाव दिएको पनि बताए ।
अरुका कुरा सुन्ने र राम्रा कुरा सिक्न सधैँ उत्सुक रहने सन्दीपको बानी आफूलाई मन परेको अमितको भनाई छ ।