कपिलवस्तुको मालपोत कार्यालयमा आगलागी हुँदा ९ लाख बढीको क्षति

 असार १५, २०७६ आइतबार १७:१४:२३ | गोपाल भण्डारी
unn.prixa.net

कपिलवस्तु – तौलिहवामा रहेको भूमिसुधार तथा मालपोत कार्यालयमा आइतबार आगलागी भएको छ । आगलागीबाट ९ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ । 

कार्यालयको माथिल्लो तल्लामा रहेको कार्यालय प्रमुखको कार्यकक्षमा  आगलागी हुँदा कम्प्युटर, प्रिन्टर मेसिन, फोटोकपी मेसिन, फर्निचर जलेर पूर्णरुपमा नष्ट भएका छन् । 

कपिलवस्तु नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो ।

विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया