हरिवनका वडाध्यक्ष भन्छन् : पुरानै माेटरसाइकल चढेर चुनाव जितेकाे हाे, अब किन नयाँ चाहियाे ?

 असार २१, २०७६ शनिबार १०:९:२४ | रामबाबु खड्का
unn.prixa.net

हरिवन नगरपालिका वडा नम्बर-९ का अध्यक्ष सिताराम पाेख्रेल

सर्लाही - हरिवन नगरपालिकाका ५ वटा वडा कार्यालयका वडाध्यक्षहरुले कार्यालय प्रयोजनका लागि मोटरसाइकल खरिद गर्न नगरले छुट्याएको रकम सामाजिक विकासमा खर्च गरेका छन।

नगरपालिकाले प्रत्यक वडा कार्यालयका लागि मोटरसाइकल खरिद गर्न तीन-तीन लाखका दरले रकम छुट्याएको थियो। वडा नम्बर-९ का वडाध्यक्ष सिताराम पोख्ररेलले नगरले मोटरसाइकल  खरिद गर्न उपलब्ध गराएको रकमले दुई वटा सामुदायिक विधालयको खानेपानी पाइपका लागि रकम खर्च गर्नुभएको छ। वडाध्यक्ष पोख्ररेलले डुम्रीघारीमा रहेको देउराली प्राथमिक विद्यालयको लागि दुई लाख र ब्रह्मस्थान प्राथमिक विधालयको लागि एक लाख रुपैयाँ उपलब्ध गराउनुभएको हो।

विद्यालयलाई पैसा उपलब्ध गराएपछि ती विद्यालयले खानेपानीका लागि सबमर्सिबल वाटर पम्प जडान गरेका छन् । वडाध्यक्ष पोख्रेलले भन्नुभयो, 'विद्यालयमा खानेपानी नभएका कारण विद्यार्थीले घरबाट पानी बोकेर ल्याउने पर्ने बाध्यता छ, मैलै मोटरसाइकल नचढेकाले विद्यार्थीले भनेको बेलामा पानी त खान पाएका छन्, पुरानो मोटरसाइकलमा चढेर चुनाव जितेको हो, अब किन नयाँ चाहियो ?'

वडाध्यक्ष पोख्रेलले खानेपानी जडान गरिदिएपछि ढुम्री घारी प्राविका ९० जना र ब्रम्ह्र स्थानमा प्राविका तीन सय जना विद्यार्थीले खाने पानीको सुविधा पाएका छन् ।

त्यसैगरी ८ नम्बरका वडाध्यक्ष यज्ञविनोद ढुंगेलले पनि स्वास्थ्य चौकी सुधारमा रकम खर्च गर्नुभएको छ। उहाँले भन्नुभयो, 'मोटरसाइकलभन्दा पहिले नागरिकको स्वास्थ्य ठूलो हो, त्यही भएर मोटरसाइकल किन्ने रकम स्वास्थ्यमा खर्च गरेको हो।'

त्यसैगरी वडा नम्बर-७ का वडाध्यक्ष नेत्रप्रसाद मैनाली र वडा नम्बर-१० का वडाध्यक्ष शम्भू मैनालीले पनि माेटरसाइकल किन्न छुट्टाएकाे पैसा बाल विकास तथा विद्यार्थीको पोशाकमा खर्च गर्नु भएको छ ।

त्यसैगरी वडा नम्बर-११ का वडाध्यक्ष शेष मोहम्मद रेजाले पनि सामाजिक क्षेत्रमा रकम खर्च गर्नुभएको छ।

नगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ को बजेटबाट ११ वटै वडालाई कार्यालय प्रयोजनका लागि मोटरसाइकल खरिद गर्न तीन-तीन लाखका दरले ३३ लाख बजेट छुट्याएको र बाँकी वडाले मोटरसाइकल खरिद गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले जानकारी दिनुभयो।

आर्थिक वर्ष २०७५/०७६ मा नगरसाभाले -९ नम्बर वडाका लागि अनुमोदन गरेको वडास्तरीय योजनाको अनुगमन गर्न पुगेका मेयर गणेश प्रसाईलाइ स्थानीय बासिन्दाले डिजिटल मेयर भन्दै भव्य स्वागत गरेका थिए ।

अन्तिम अपडेट: चैत १३, २०८०

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया