धोनीबिना किन अधुरो लाग्छ विराट कोहलीको टिम ?

यसकारण धाेनीजस्ता काेही छैनन्

 असार २२, २०७६ आइतबार २०:६:४९ | एजेन्सी
unn.prixa.net

इंग्ल्याण्डमा जारी १२ औं एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा आइतबार र सोमबार कुनै पनि खेल हुने छैनन् । तर भारतीय क्रिकेट टिमका लागि आइतबारको दिन निकै व्यस्त र खुशीले भरिएको दिन हो । 

यसको पहिलो कारण भारतीय टिमले शनिबार श्रीलंकालाई सात विकेटले हराएर सेमिफाइनलमा पुगिसकेको छ । 

अब मंगलबार भारतले सेमिफाइनलमा न्यूजिल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । याे बाहेक भारतीय टिम आइतबार महेन्द्र सिंह धोनीको जन्मदिन परेकाले पनि व्यस्त छ । 

आइतबार धोनीले आफ्नो ३८ औँ जन्मदिन मनाइरहेका छन् । 

यो महेन्द्रसिंह धोनीको अन्तिम विश्वकप भएको बताइएको छ । यस्तो अवस्थामा सबै भारतीय खेलाडी धोनीलाई सेमिफाइनल र फाइनल जिताएर जितको सम्मान दिन चाहन्छन् । 

धोनीले पनि आफ्नै कप्तानीमा सन् २००७ को टी २० विश्वकप र सन् २०११ को आईसीसी विश्वकपको उपाधि जिताएर भारतलाई असीम खुशी दिइसकेका छन् । 

के धोनी सुस्त भएकै हुन् ?

यो विश्वकपमा धोनीको सुस्त ब्याटिङलाई लिएर आलोचना भैरहे पनि वेष्ट इण्डिजविरुद्धको खेलमा धोनी पनि चाँडै आउट भएको भए के हुन्थ्यो त ! त्यस खेलमा वेष्ट इण्डिजका विकेटकिपरले धोनीलाई स्टम्पिङ गर्ने मौका गुमाएका थिए । 

यो विश्वकपमा धोनीको स्ट्राइक रेट ९३ को छ, जसलाई सुस्त मान्न सकिँदैन । अर्थात् प्रत्येक सय बलमा ९३ रन बनाइरहेका छन् । 
सबैभन्दा ठूलो कुरा त विराट कोहलीलाई थाहा छ कि भारतीय टिममा धोनीको उपस्थितिले मात्रै पनि कति महत्व राख्छ । खेलको दौरान बलरलाई सल्लाह दिन, फिल्डिङ बदल्न र डीआरएस लिन पनि धोनीले नै महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेका छन् । 

धोनीको चकित पार्ने फैसलाहरु 

धोनीको विकेट किपिङ गर्ने क्षमता वास्तवमै असाधारण र कलात्मक छ । धोनी भारतीय विकेटकिपर मात्र नभई सफल ब्याट्सम्यान र कप्तान पनि हुन् । 

धोनी सधैँ चकित पार्ने निर्णयहरु लिने गर्दछन् । धोनीले बिना कुनै ढिलाइ र नसोचिकन टेस्ट क्रिकेटको कप्तानी विराट कोहलीको हातमा थमाइदिएका थिए । 
त्यसपछि धोनीले एकदिवसीय क्रिकेट र टी २० बाट कप्तानी छोड्दै टेस्ट क्रिकेटबाट सन्यास लिए । 

एक कप्तानका रुपमा धोनीले आईपीएलमा चेन्नई सुपरकिंग्सलाई तीन पटक विजेता बनाइसकेका छन् । उनकै कप्तानीमा भारतले पहिलो पटक आईसीसी च्याम्पियन्स ट्रफी जित्दै पहिलो पटक आईसीसी टेस्ट वरियतामा भारत पहिलो नम्बर एक भएको थियो । 

धोनी छन् त सम्भव छ !

धोनीको खातामा धेरै सफलताहरु छन् । आईपीएलमा उनको टिम चेन्नई सुपरकिंग्स स्पट फिक्सिंगजस्तो काण्डमा फसेको थियो र दुई वर्ष बाहिर नै बस्यो । तर सन् २०१८ मा पुनरागमन गर्दै सहविजेता बनेको थियो । 

धोनीमाथि गौतम गम्भीर, वीरेन्द्र सहवाग, भीभीएस लक्ष्मण र राहुल द्रविडले उनकै कारणले टेस्ट क्रिकेट छोड्न परेको आरोप लागेको थियो । तर यो पनि साँचो हो कि धोनीकै कप्तानीमा विराट कोहली, रोहित शर्मा र अन्य खेलाडी चम्किए । 

रोहित शर्मालाई त धोनीले नै एक दिवसीय क्रिकेटका सर्वश्रेष्ठ ब्याट्सम्यान बनाएका हुन् । विकेटको पछाडि आज पनि धोनी सबै ब्याट्सम्यानका लागि खतराको सूचक हुन् । क्षणभरमै स्टम्पिङ गर्न धोनीलाई समय लाग्दैन । 

कुनै समय आफ्नो लामो कपालको कारण पाकिस्तानका तत्कालीन राष्ट्रपति जनरल परवेज मुशर्रफबाट तारिफ बटुल्ने धोनी छक्का प्रहार गरेर खेल जिताउने खेलाडीका रुपमा पनि चिनिन्छन् । 

धोनी जस्तो कोही छैन 

आज पनि धोनीको काँधमा म्याच फिनिशरको जिम्मेवारी छ । समयसँगै धोनी आज पनि बललाई बाउण्ड्रीको सीमापारि कटाउन माहिर छन् । 

उनलाई क्याप्टेन कूल को रुपमा पनि चिनिन्छ । भारतीय पूर्व कप्तान सुनिल गभास्कर पनि सन् २०११ को फाइनलमा धोनीले प्रहार गरेको छक्का कहिल्यै पनि बिर्सन नसक्ने बताउँछन् । 

धोनीले कैयौँ खेल आफ्नै शैलीमा जिताएका छन् । आउँदा दिनमा उनको जिन्दगीमा नयाँ सफलता आउने आश गर्न सकिन्छ । र अहिले धोनी भारतीय टिममा हुनु बोझको कुरा हुन सक्दैन । 

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया