कर्नाटकमा फेरि सुरु भयो सत्ता पल्टाउने खेल, सांसद किनबेचकाे आशंका

 असार २३, २०७६ सोमबार १४:४४:१ | एजेन्सी
unn.prixa.net

भारतको दक्षिण-पश्चिम राज्य कर्नाटकका मन्त्री तथा निर्दलीय विधायक एच. नागेशले सोमबार राजीनामा दिएका छन् । 

उनले राजीनामा दिएपछि एच डी कुमारस्वामीले नेतृत्व गरेको गठबन्धन सरकारको समर्थन फिर्ता लिँदै सत्तारुढ जनता दल सेक्युलर (जेडीएस)-कांग्रेसको सरकारलाई ठूलो झड्का दिएका छन् । 

हालै लघु उद्योग मन्त्रीको रुपमा मन्त्रालयमा सामेल भएका नागेशले राजभवनमा राज्यपाल वजुभाई वालासँग भेट गर्दै त्यागपत्र सुम्पिएका हुन् । गठबन्धन सरकारका मन्त्रीहरुले राजीनामा दिने असन्तुष्ट विधायकको लागि आफ्नो पद छोड्न भनिएपछि नागेशले यो कदम उठाएका हुन् । 

एच नागेशको राजीनामा स्वीकृत भएपछि गुजरातको सूरतमा सत्तारुढ गठबन्धन आफ्नो बहुमत गुमाउने अवस्थामा पुग्ने भएको छ । 

एच नागेशले समर्थन फिर्ता लिएपछि विधानसभामा अध्यक्षबाहेक जेडीएस–कांग्रेस गठबन्धन सरकारको कुल ११७ सदस्य छन् । जसमा कांग्रेस-७८, जेडीएस-३७, बहुजन समाज पार्टी (बसपा)-१ र निर्दलीय-२ सदस्य छन् । 

सदनमा भारतीय जनता पार्टीको १०५ सदस्य छन् र बहुमतको लागि ११३ को आँकडा हुनु आवश्यक छ । यदि विधायकहरुको राजीनामा स्वीकृत हुँदा गठबन्धन सदस्यको संख्या घटेर १०४ मा पुग्छ । 

उता कर्नाटकमा कैंयौ विधायकहरुको राजीनामाको कारण कांग्रेस-जेडीएस सरकार संकटमा फस्ने निश्चित छ । पार्टीको स्रोतका अनुसार कर्नाटकमा ‘भाजपाले विधायकलाई खरिद गरेको’ विषयमा लोकसभा प्रश्न उठाइनेछ । 

कांग्रेसले शनिबार भाजपामाथि विधायक खरिद गरेर ‘संविधानको चीरहरण’ गरेको आरोप लगाउँदै केन्द्रको सत्तारुढ पार्टीको षड्यन्त्रले राज्यको सरकार नढल्ने बताएको थियो । 

कर्नाटक विधानसभाका १३ जना विधायकहरुले पछिल्लो केही दिनमा राजीनामा दिएका छन् । जसमा १० जना विधायक कांग्रेसका छन् भने तीन जना विधायक जेडीएसका छन् । 

गएको शनिबार राजीनामा दिने ११ जना विधायकमध्ये १० जना विधायक मुम्बईको एक होटलमा बसेका थिए । 

राज्यको २२४ सदस्यीय विधानसभामा सत्ताधारी गठबन्धनको संख्या विधानसभा अध्यक्षको अलावा ११८ रहेको छ । जसमा कांग्रेस-७८, जेडीएस-३७, बसपा-१ र निर्दलीय-२ छन् । यो संख्यामा राजीनामा दिइसकेका विधायक पनि छन् तर उनीहरुको राजीनामा विधानसभा अध्यक्षले अहिलेसम्म स्वीकार गरेका छैनन् । 

कर्नाटक विधानसभा चुनावमा सबैभन्दा कम सिट जितेको जनता दल सेक्युलरले सत्ता पायो र कांग्रेसको समर्थनमा एच डी कुमार कुमारस्वामी मुख्यमन्त्री बनेका थिए । 

यसरी विधायकहरुले राजीनामा दिने क्रम चुलिँदै गर्दा भारतीय जनता पार्टी बहुमतको स्थितिमा पुग्ने समीकरण देखिएको छ । 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया