सामूहिक बलात्कारमा संलग्न दुई जनालाई १२ वर्ष जेल

 असार २३, २०७६ सोमबार १९:८:५५ | हेमराज शर्मा
unn.prixa.net

दाङ – एक जना बालिकालाई सामूहिक बलात्कार गरेको मुद्दामा दोषी ठहरिएका दुई जनालाई १२ वर्षको कैद फैसला भएको छ ।

दाङको देउखुरी जिल्ला अदालतले तुलसीपुर उपमहानगरपालिका-३ का २७ वर्षीय इन्द्रबहादुर थापा र ३१ वर्षीय 'थम्मन' भन्निने गुरुप्रसाद पुनलाई समान १२ वर्षको कैद फैसला गरेको हो ।

न्यायाधीश हेमन्त रावलको एकल इजलासले १४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको ठहर गर्दै १२ वर्ष कैद र पीडितलाई दुवै जनाबाट ५०/५० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको हो ।

विसं २०७१ साल असार २३ गते बलात्कार गरेर फरार भएका फरार थापा र पुनलाई प्रहरीले विसं २०७५ पुस १८ गते पक्राउ गरी मुद्दा चलाउँदै जिल्ला अदालतले दोषी ठहर गर्दै कैद गर्ने फैसला गरेको हो । 

अन्तिम अपडेट: चैत १५, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया