विश्वकप क्रिकेट: पहिलाे सेमिफाइनलमा भारतविरुद्ध टस जितेर ब्याटिङ गर्दै न्यूजिल्याण्ड

 असार २४, २०७६ मंगलबार १५:६:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी एक दिवसीय क्रिकेटको पहिलो सेमिफाइनलमा केही बेरमा भारत र न्यूजिल्याण्ड प्रतिस्पर्धा गर्दैछन् ।

इंग्ल्याण्डको म्यानचेष्टरमा हुने खेलमा न्यूजिल्याण्डले टस जितेर पहिला ब्याटिङ रोजेको छ । आजको विजेताले फाइनलमा स्थान बनाउने छ । भारत र न्यूजिल्याण्डबीचको समूह चरणको खेल वर्षाका कारण रद्द भएको थियो ।

भारत समूह विजेताको रुपमा सेमिफाइनल पुगेको हो भने न्यूजिल्याण्ड चौथो हुँदै सेमिफाइनलमा पुग्न सफल भएकाे टाेली हाे । भारतीय टिममा कुलदीप यादवको ठाउँमा युजबेन्द्र चाहललाई बोलाइएको छ । न्यूजिल्याण्डको टिममा पनि लकी फर्गुसन टिममा परेका छन् भने टिम साउदी आउट भएका छन् ।
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया