काठमाण्डौ महानगरका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन
बैशाख १२, २०८१ बुधबार
'द वाल्ट डिज्नि कम्पनी' को चलचित्र ‘द लायन किङ्ग’ को हिदी भर्जन यस पटक बलिउड अभिनेता शाहरुख खान र उनका छोरा आर्यन खानका कारण चर्चामा छ ।
यो चलचित्रको ट्रेलरले दर्शकहरुमाझ झनै उत्सुकता बढाइदिएको छ । यो चलचित्रमा अभिनेता शाहरुख खान र उनका छोरा आर्यन खान मुफासा र सिम्बा बनेर दर्शकलाई मनोरञ्जन गराउनेछन् ।
केही दिनअघि अभिनेता शाहरुखको आवाजमा चलचित्रको ट्रेलर प्रदर्शन भएको थियो । तर सिम्बा अर्थात् शाहरुख खानका छोरा आर्यन खानको आवाज दर्शकमाझ सार्वजनिक गरिएको थिएन । अब भने चलचित्र प्रदर्शन हुन थोरै दिन मात्रै बाँकी रहेको छ ।
यही कारणले दर्शकहरुमाझ उत्सुकता बढाइ राख्नका लागि ‘द लायन किङ्ग’ को अर्को टिजर सार्वजनिक गरिएको छ, जसमा सिम्बाको परिचय गराइएको छ ।
— Shah Rukh Khan (@iamsrk) July 11, 2019
टिजरमा पहिलो पटक शाहरुख खानका छोरा आर्यन खानको आवाज दर्शकमाझ पुगेको छ । भिडियोमा आर्यन खान आफ्नो दमदार आवाजमा सिम्बाको रुपमा आफ्नो परिचय दिइरहेका छन् । भिडियोमा आर्यन खानको आवाज हुबहु उनका पिता शाहरुख खानको जस्तै सुनिएको छ । फ्यानहरु आर्यनको आवाज हुबहु शाहरुखको जस्तै भएपछि आश्चर्यमा परेका छन् । साथै सामाजिक सञ्जालमा यसको प्रतिक्रिया पनि दिइरहेका छन् ।
शाहरुख खानका छोरा आर्यन खानको आवाज सुनेर शाहरुखका फ्यान मात्रै नभइ बलिउडकर्मीहरुले समेत प्रतिक्रिया दिइरहेका छन् । बलिउड अभिनेता रितेश देशमुख, निर्देशक करण जोहर, निर्माता कुनाल कोहलीलगायतले आर्यनको प्रशंसा गरेका छन् ।