बाढीमा फसेकी महिलालाई डाेजरमा राखेर उद्धार

 असार २७, २०७६ शुक्रबार १४:२२:३१ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - मकवानपुरमा एक जना गर्भवती महिलाको डोजरको सहायताले उद्धार गरिएको छ । 

भीमफेदी गाउँपालिकाको भैसे बागझोरा खोलामा बाढी आएका कारण गर्भवती महिलालाई हेटौँडा अस्पताल ल्याउन नसकेपछि डोजरको माध्यमले खोला तारिएको हो ।

निरन्तरको वर्षाका कारण हेटौँडाका धेरै स्थान डुबानमा परेका छन् । विशेषगरी हेटौँडाको शान्तिनगरका धेरै घरहरु डुबानमा परेका छन् । घर डुबानमा परेर समस्या भएकाहरुलाई उद्धार गर्ने काम भैरहेको सशस्त्र प्रहरी बल हेटौँडाका डिएसपी अमर खत्रीले जानकारी दिनुभयो । 

त्यस्तै बागमती गाउँपालिका-१ सम्झना बजारको सीमानामा राईगाउँबाट हेटौँडा जाँदै गरेको यात्रुबाहक बस खेस्रे खोलामा रोकिएको छ । 

हेटौँडा उपमहानगरपालिका-१३ को कुखरेनी खोलामा वर्षा बढ्दै गएपछि सतर्क रहन प्रशासनले खबरदारी गरेको छ । वर्षा र पहिरोले गर्दा लाइन नभएपछि खानेपानी र सञ्चार सुविधामा समस्या भएको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया