नालीमा डुबेर बारामा एक बालककाे ज्यान गयाे

 असार २८, २०७६ शनिबार ६:३४:१८ | जयनारायण यादव
unn.prixa.net

बाढीले जलमग्न राैतहट

बारा - बारामा नालीमा डुबेर एक जना बालकको ज्यान गएको छ ।

परवानीपुर गाउँपालिका-१, का अरबिन्द्र यादवका डेढ वर्षीय छोरा बिक्की यादवको घर नजिकैको नालीमा डुबेर ज्यान गएको प्रहरी नायब उपरीक्षक रंजितसिंह राठौरले जानकारी दिनुभयो।

त्यस्तै बाराका विभिन्न ठाउँका दुई सय घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले जानकारी दिनुभयो। जितपुर-सिमरा उपमहानगरपालिका-८, का ३५ घरपरिवारलाई स्थानीय धर्मशालामा सारिएको छ।

वडा नम्बर-१०, का २५ घरपरिवार र  वडा नम्बर-२४, का  २५ घरपरिवारलाई नजिकैको विद्यालयमा सारिएको छ। त्यसैगरी फेंटा गाउँपालिका-१, त्रिवेणी र रजघट्टीया टोलका एक सय ३० घरपरिवार छिमेकीको घरमा शरण लिएको प्रहरीले जनाएको छ ।

विश्रामपुर गाउँपालिका-४, का ३५ घरपरिवार पुरानो गाविस र छिमेकीको घरमा बाँस बसेको प्रहरी नायब उपरीक्षक राठौरले बताउनुभयो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

जयनारायण यादव

जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया