खाेलाले बगाएका एक जनाकाे शव भेटियाे, एक जना अझै बेपत्ता

 असार २८, २०७६ शनिबार १३:४५:५५ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ – शुक्रबार भिन्ना भिन्नै खोलाले बगाएका दुई जनामध्ये एक जनाको शव भेटिएको छ भने एक जना अझै बेपत्ता छन् ।

बेनिघाट रोराङ गाउँपालिका-४ का राजु ठकुरीको शव शनिबार मलेखुखोलामा फेला परेको हाे । हराइरहेका ठकुरीको शव फेला पारिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो । रोपाइँ सकेर घर फर्किएका ठकुरी शुक्रबार साँझ घर जाने क्रममा मलेखु खोला तर्न लाग्दा बगाएर बेपत्ता हुनु भएको प्रहरीकाे भनाइ छ । 

त्यस्तै थाक्रे गाउँपालिका-३, आगराखोलाले बगाएर शुक्रबार बेपत्ता हुनुभएका ४० वर्षीय गोकुल गिरीलाई भने अझै फेला पार्न सकिएको छैन । बेपत्ता गिरीको खोजी कार्य जारी छ । कामबाट घर फर्कने क्रममा सँगै खोला तरेका थाक्रे गाउँपालिका-३ का बद्री भुजेल भने सकुशल रहेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया