विद्यालयकाे पर्खाल भत्किएर घरलाई थिच्दा एक जनाकाे ज्यान गयाे

 असार २८, २०७६ शनिबार १६:९:१५ | कपिल कोइराला
unn.prixa.net

काभ्रेपलाञ्चाेक – रोशी गाउँपालिका-११ भिमेश्वर माविको पर्खालले घरलाई थिच्दा ६५ वर्षीय कृष्णदेवी रायमाझीको ज्यान गएको छ । 

भूकम्पपछि पुननिर्माण गरिएको घरमा सुतिरहनु भएकी रायमाझीको ज्यान गएको प्रहरीले जानकारी दिएको छ । वर्षाका कारण घर भत्किँदा काभ्रेमा मात्रै ज्यान गुमाउनेको संख्या तीन पुगेको छ । 

त्यस्तै लगातार परिरहेको झरीका कारण बीपी राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग अवरुद्ध हुँदा झण्डै दुई सयभन्दा बढी गाडी र यात्रुहरु बीच बाटोमै अलपत्र परेका छन् । पहिरो झरेकाे र खोला बढेका कारण राजमार्ग खुलाउन कठिनाइ भैरहेको रोशी गाउँपालिकाका अध्यक्ष डिबी लामाले जानकारी दिनुभयो । बाटो खुलाउन प्रहरी र स्थानीय बासिन्दा जुटेका छन् । 

बीपी राजमार्ग अन्तर्गत मंगलटारसम्मको सडक एकतर्फी खोलिए पनि विभिन्न खहरे खोलामा लेदो आएका कारण सडक पूर्णरुपमा पन्छाउन सकिएको छैन । बीपी राजमार्गमा काठमाण्डौबाट धरान गइरहेकाे बा १६ च ३५४९ नम्बरको निजी कार लेदोमा फसेको छ ।  

अन्तिम अपडेट: चैत १२, २०८०

कपिल कोइराला

काभ्रेमा बसेर पत्रकारिता गर्ने कपिल कोइराला उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया