बाढी पहिराेका कारण मकवानपुरका विद्यालयहरु तीन दिन बिदा

 असार २९, २०७६ आइतबार १४:४:४१ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - भिमफेदी गाउँपालिका र हेटौंडा-५ का सम्पूर्ण विद्यालयहरु तीन दिनका लागि बन्द गरिएको छ ।

लगातकारको वर्षाका कारण बाढी, पहिरो र डुबानका कारण भिमफेदी गाउँपालिकाको सबै वडाका विद्यालय र हेटौंडा-५ का सामुदायिक तथा संस्थागत विद्यालयहरु बन्द गरिएको हो । 

भिमफेदी गाउँपालिकाभरिका विद्यालयहरु आइतबारदेखि २०७६ मंगलबारसम्मका लागि बिदा दिइएको फिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले जानकारी दिनुभयो । विद्यालय सञ्चालन गर्दा पनि विद्यार्थीहरु बाढी, पहिरोका कारण आउन नसक्ने अवस्था भएकाले तीन दि सम्मका लागि बिदा दिइएको उहाँले बताउनुभयो । अहिले खहरे खोलाहरु बढेर तर्न नसक्ने अवस्था भएपछि बिदा दिनुपरेको उहाँकाे भनाइ छ ।

यसैगरी हेटौंडा-५ का अधिकांश विद्यालयहरु लगातारको वर्षाका कारण डुबानमा परेका छन् । पानी कम भए पनि विद्यालय भित्र सफा गर्नुपर्ने र झरीको समस्या अझै नटरेकाले विद्यालय बन्द गर्नुपरेको हेटौंडा उपमहानगरपालिकाका सूचना अधिकृत भानुभक्त थपलियाले बताउनुभयो ।

हेटौंडाका १९ वटा वडाको तुलनामा-५ नम्बर वडामा लगातारको वर्षाका कारण बढी डुबान भएको थियो । 

अन्तिम अपडेट: चैत १४, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया