क्षमताभन्दा बढी पानी भरिएपछि कुलेखानीकाे ड्याम खाेल्ने तयारी, चार जिल्लाका नागरिकलाई सतर्क रहन आग्रह

 असार ३०, २०७६ सोमबार ७:४२:११ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - मकवानपुरको कुलेखानी ड्याम भरिएर खतराको संकेत देखिएपछि ड्याम खोलेर पानी छाडिने भएको छ । दिनहुँजसो कुलेखानीको क्षमताभन्दा बढी पानी जमेपछि जिल्ला सुरक्षा समिति मकवापनुरको बैठकले ड्याम खोलेर पानी निकाल्ने भएको हो । 

कुलेखानीको ड्याम खोल्दा त्यहाँबाट बग्ने पानीले चार जिल्लामा प्रभाव पार्ने भएकाले सतर्क रहन मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाले आग्रह गर्नुभएको छ । 

कुलेखानीको क्षमता कुल १ हजार ५ सय ३० मिटर रहेको छ । बिहान ६ बजे सम्ममा १ हजार ५ सय २५ दशमलब ४ मिटर पानी भरीसकेको छ । प्रतिघण्टा २ मिटरका दरले पानी बढीरहेकाले कुलेखानीमा खतराको संकेत देखिएको हुँदा पानी बाहिर निकाल्न लागिएको प्रमुख जिल्ला अधिकारी तामाङले बतााउनु भयो । 

सोमबार बिहान ८ बजेबाट कुलेखानी ड्यामभित्रको पानी ढोका खोलेर बाहिर छोडिने भएको हो । नेपाली सेना, ससस्त्र प्रहरी, नेपाल प्रहरी र कुलेखानीका प्राबिधिकको सहभागितामा कुलेखानीको पानी निकाल्न लागिएको हो । 

कुलेखानीको ड्यामको ढोका खोलीने भएकाले मकवानपुरको भिमफेदी, इन्द्रसरोवर, बागमती गाउँपालिकाका साथै सर्लाही, रौतहट र सिन्धुली जिल्लाका नागरिकलाई सचेत रहन आग्रह गरिएको छ ।

बागमती खोला भएर कुलेखानीको पानी बग्ने भएकाले त्यस आसपासका क्षेत्रमा रहेकाहरु विशेष सतर्क बस्न प्रमुख जिल्ला अधिकारी तामाङले आग्रह गर्नुभयाे ।  
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया