आयरल्यान्ड–उल्भ्ससँगकाे खेलमा नेपाल 'ए' टस जितेर बलिङ गर्दै
चैत १६, २०८० शुक्रबार
काठमाण्डौ – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले बाढी, पहिरो पीडितको लागि आर्थिक सहयोग गर्ने भएको छ ।
बाढी, पहिरो पीडितका लागि कांग्रेस पार्टीका संघीय सांसदहरुले राहतस्वरुप पाँच दिनको तलब दिने निर्णय भएको छ । विपत्तिमा परेका मानिसहरुको उद्धार गर्नु नै साझा दायित्व भएको कांग्रेसले जनाएको छ ।
कांग्रेसले केन्द्रीय समितिको बैठक स्थगित गरेर ‘जुटौँ विपत्ति पीडितको उद्धार र राहतमा’ सहयोग गर्न सबैलाई आह्वान गरेको छ ।
कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल ट्विटरमार्फत् जानकारी दिनुभएको छ ।