उदयपुरमा पहिरोले पुरिएर ९ वर्षीय बालक बेपत्ता

 असार ३१, २०७६ मंगलबार ७:४९:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

उदयपुर – उदयपुरको रौतामाई गाउँपालिका– ७ गुराँसेमा साेमबार राति गएको पहिरोमा एक बालक बेपत्ता भएका छन् । 

राति साढे ९ बजेतिर गएको पहिरोमा स्थानीय अर्जुन तामाङको ९ वर्षीय छोरा बेपत्ता भएका हुन् । पहिरोमा पुरिएर तामाङकी श्रीमती घाइते हुनुभएको छ । 

प्रहरीका अनुसार सोमबार राति साढे ९ बजेतिर आमा–छोरा घर बाहिर निस्किएको बेला झरेको पहिरोमा दुवै जना पुरिएका थिए । बेपत्ता बालकको खोजी कार्य भैरहेको छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया