देशमै सबैभन्दा धेरै हिउँ चितुवा डोल्पामा, गणना गर्दा एक सय २...
बैशाख ८, २०८१ शनिबार
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले जेट विमानमा टेम्पोको इन्जिन राखेर घमण्ड नगर्न प्रधानमन्त्री केपी ओलीलाई आग्रह गर्नुभएको छ ।
शनिबार नेपाली कांग्रेस सैनामैना नगर समिति रुपन्देहीले आयोजना गरेको नगरसभाको उद्घाटन गर्दै थापाले अंक गणितको धाक लगाउँदैमा कांग्रेस बिचलित नहुने बताउनुभयो । प्रधानमन्त्री ओलीले कांग्रेसलाई होच्याउन समय खर्चेर अधिनायकवादी चरित्र प्रर्दशन गरिरहेको पनि आरोप लगाउनुभयो ।
उहाँले राणा शासन र राजासँग लड्दै र पराजित गर्दै आएको इतिहासलाई स्मरण गर्दै नेपाली कांग्रेसले नयाँ बनेको नेपाल कम्युनिष्ट पार्टिलाई अर्को चुनावमा पराजित गर्ने दावी गर्नुभयो ।
थापाले एमाले र माओवादी केन्द्रको एकता गराउन बैठक बोलाएर राष्ट्रपति विद्यादेवी भण्डारीले पदीय गरिमा र मर्यादाको अवमूल्यन गरेकोसमेत आरोप लगाउनुभयो । उहाँले राष्ट्रपति पदको मर्यादा र गरिमाको उच्च सम्मान र ख्याल गर्नसमेत आग्रह गर्नुभयो ।
रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ ।