एकदिवसीय क्रिकेटकाे नयाँ वरीयता : ब्याटिङतर्फ काेहली, बलिङतर्फ बुमराह शीर्ष स्थानमा

 असार ३१, २०७६ मंगलबार १३:१८:३८ | एजेन्सी
unn.prixa.net

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले एकदिवसीय खेलाडीको वरीयताक्रम सार्वजनिक गरेको छ । विश्वकपमा गरेको प्रदर्शनका आधारमा सार्वजनिक गरिएको वरीयताक्रममा इंग्ल्याण्ड र न्यूजिल्याण्डका खेलाडीले फड्को मारेका छन् । 

ब्याटिङतर्फ भारतका कप्तान विराट कोहली शीर्ष स्थानमा छन् भने रोहित शर्मा दोस्रो स्थानमा छन् । पाकिस्तानका बाबर आजम तेस्रो स्थानमा छन् । दक्षिण अफ्रिकाका फाफ डु प्लेसी पाँचौंबाट चौथो स्थानमा उक्लिएका छन् । उनले न्यूजिल्याण्डका रोस टेलरलाई पाँचौं स्थानमा धकेलेका थिए ।

फाइनलमा उत्कृष्ट प्रदर्शन गरेर प्लेयर अफ् द टुर्नामेन्ट बनेका न्यूजिल्याण्डका कप्तान केन विलियम्सनले अहिलेसम्मकै सर्वाधिक अंक बनाएका छन् । उनले ७९६ अंक बनाएका छन् । अष्ट्रेलियाका डेविड वार्नर सातौं स्थानमा छन् भने इंग्ल्याण्डका जो रुट आठौं, दक्षिण अफ्रिकाका क्विन्टन डि कक नवौं र इंग्ल्याण्डका ज्यासन रोय १०औं स्थानमा छन् ।

बलिङतर्फ भारतका जस्प्रित बुमराह शीर्ष स्थानमा रहँदा न्यूजिल्याण्डका ट्रेन्ट बोल्ट दोस्रोमा, दक्षिण अफ्रिकाका कागिसो रबाडा तेस्रो, अष्ट्रेलियाका प्याट कमिन्स चौथोमा र दक्षिण अफ्रिकाका इमरान ताहिर पाँचौं स्थानमा छन् । अफगानिस्तानका मुजीव जद्रान छैटौं, इंग्ल्याण्डका क्रिश वक्स सातौं, अष्ट्रेलियाका मिचेल स्टार्क आठौं, अफगानिस्तानका राशिद खान नवौं र न्यूजिल्याण्डका म्याट हेनरी १०औं स्थानमा छन् । 

अलराउण्डर तर्फ बंगलादेशक शकिब अल हसन शीर्ष स्थानमा छन् भने इंग्ल्याण्डका बेन स्टोक्स दोस्रोमा छन् । अफगानिस्तानका मोहम्मद नावी तेस्रो स्थानमा छन् भने पाकिस्तानका इमान वासिम चौथो र अफगानिस्तानका राशिद खान पाँचौं स्थानमा छन् ।

इंग्ल्याण्डका क्रिश वक्स छैटौं, वेष्ट इण्डिजका ज्यासन होल्डर सातौं, न्यूजिल्याण्डका मिचेल सान्टनर आठौं, दक्षिण अफ्रिकाका एन्डिल फेलुकवायो नवौं र भारतका हार्दिक पंड्या र पाकिस्तानका मोहम्मद हफिज संयुक्त रुपमा १०औं स्थानमा छन् ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया