बाढी पहिरोबाट ज्यान गुमाउनेको संख्या ६९ पुग्यो, ३० जना बेपत्ता

 असार ३१, २०७६ मंगलबार १३:३८:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले बाढी, पहिरो र डुबानबाट भएको क्षतीको विवरण संकलन सुरु गरेको छ । बाढीपहिरोबाट अहिलेसम्म ६९ जनाको ज्यान गएको राष्ट्रिय आपतकालीन कार्यसंचालन केन्द्रले जनाएको छ । 

केन्द्रका अनुसार ३० जना अझै पनि हराइरहेका छन् भने ४३ जना घाइते भएका छन् । १ हजार ४ सय ४६ जनाको उद्धार गरिएको छ । अहिलेसम्म क्षतिको यकिन तथ्यांक नआएको केन्द्रका प्रमुख वेदनिधी खनालले बताउनुभयो । 

अब क्षतीको विवरण संकलनसँगै राहत वितरण, पुनर्लाभ र पुनःस्थापनाको काम हुने उहाँले जानकारी दिनुभयो । यस्तै, समान राहत वितरणको लागि एकद्वार प्रणाली लागू हुने पनि उहाँले जानकारी दिनुभयो ।

बाढी पहिरो प्रभावितले आफ्नो वडा कार्यालयमा राहतको लागि माग गर्न सक्नेछन् । त्यसका लागि पालिकाहरुले छुट्टै संयन्त्र पनि बनाउने केन्द्रले जनाएको छ ।

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया