मन्त्री पण्डितको राजीनामा माग गर्दै काठमाण्डौमा प्रदर्शन

 असार ३१, २०७६ मंगलबार १५:५३:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको राजीनामा माग गर्दै मंगलबार काठमाण्डाैमा प्रदर्शन गरिएको छ ।

समानुपातिक, समावेशी सिद्धान्तविपरीत खुलाइएको लोक सेवा आयोगको विज्ञापन तत्काल खारेज गर्न माग गर्दै आएको 'आरक्षण बचाऔंँ आन्दोलन'ले काठमाण्डौको माइतीघर मण्डलामा प्रदर्शन गर्दै मन्त्री पण्डितको राजीनामा माग गरेको हो । प्रदर्शनीमा उत्रिएका महिला, दलित, जनजाति, मुस्लिमलगायतका समुदायहरुले संविधानविपरीत स्थानीय तहको विज्ञापन खुलाइएको दाबी गर्दै तत्काल खारेज गर्न  लोक सेवा आयोगलाई पनि दबाब दिएका छन् ।

‘सिमान्तकृत समूदायको अधिकार सुनिश्चित गर’, ‘लोक सेवा आयोगलाई बाहुन सेवा आयोग बनाउन पाइँदैन’, लगायतका प्लेकार्ड बोकेका उनीहरुले समावेशी सिद्धान्तको खिल्ली उडाउने काम गरेको भन्दै सरकारविरुद्ध चर्का नाराबाजी समेत गरेका थिए ।

लोक सेवा आयोगले खुवाएको स्थानीय तहको कर्मचारी भर्नासम्बन्धी विज्ञापन संविधानको भावनाअनुसार नआएको भन्दै सर्वोच्च अदालतमा पनि रिटसमेत दायर गरिएको छ । 

यसअघि विज्ञापन खारेजीकाे माग गर्दै परेकाे रिटमा सर्वोच्च अदालतले   सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको थियाे । 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया