‘कबीर सिंह’ हिट भएपछि शाहीद कपूरको पारिश्रमिक ३ करोडबाट ३५ करोड पुग्यो

 साउन १, २०७६ बुधबार १४:३४:२८ | एजेन्सी
unn.prixa.net

बलिउड अभिनेता शाहीद कपूरको फिल्मी करियरमा ‘कबीर सिंह’ को सफलतालाई नै सबैभन्दा ठूलो सफलता मान्न सकिन्छ ।

यही सफलतापछि शाहीद कपूरले यतिबेला आफ्नो पारिश्रमिक बढाएका छन् । खबरहरुका अनुसार अभिनेता शाहीद कपूरले उनको पारिश्रमिक ३ करोडबाट ३५ करोड पुर्‍याएका छन् ।

फिल्म ‘कबीर सिंह’ शाहीद कपूरको पहिलो शोलो हिट फिल्म हो । यस फिल्मले बक्स अफिसमा कसैले नसोचेको सफलता हासिल गरेको छ । जसका कारण फिल्मले शाहीद कपूरलाई एकाएक सुपरहिट अभिनेता सावित गरिदियो । शाहीदलाई यतिबेला फिल्म र विज्ञापनका लागि धेरै अफरहरु आइरहेका छन ।

फिल्मका लागि शाहीदले आफ्नो पारिश्रमिक ३० करोड पुर्‍याएका छन् । शाहिदलाई ‘कबीर सिंह’ का लागि जम्मा ३ करोड रुपैयाँ पारिश्रमिक दिइएको थियो । तर अब भने शाहीदले आफ्नो पारिश्रमिक बढाइसकेका छन् । 

शाहीद कपूरको फिल्म ‘कबीर सिंह’ ले अहिले पनि बक्स अफिसमा राम्रो प्रदर्शन गरिरहेको छ । जुन २० मा रिलिज भएको यस फिल्मले प्रदर्शनको चौथो मंगलबारसम्म आइपुग्दा २६३.१९ करोडको व्यापार गरिसकेको छ । यस फिल्ममा शाहीद कपूर एक रिसाहा सर्जनको भूमिकामा देखिएका छन् ।

रिसाहा र पागलप्रेमी बनेका शाहीदको प्रेमिकाको रुपमा अभिनेत्री कियारा अड्वाणीको अभिनय रहेको छ । यो फिल्म साउथ फिल्म‘अर्जुन रेड्डी’ को हिन्दी रिमेक हो । शाहीद र कियाराका साथै फिल्ममा अर्जुन बाजवा, सुरेश ओबेरोय, कामिनी कौशल, आदिल हुसैन र निकिता दत्ताको अभिनय रहेको छ । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया