बाग्मती, गण्डकी, लुम्बिनी र कर्णालीका केही ठाउँमा दिउँसोपछि ह...
बैशाख ८, २०८१ शनिबार
मुम्बई आक्रमणका अभियुक्त हाफिज सईदलाई पाकिस्तानको लाहोरबाट गिरफ्तार गरिएको छ ।
चरमपन्थी समूहको लागि सहयोग रकम जुटाएको विषयमा उनलाई गिरफ्तार गरिएको हो । पाकिस्तानमा पञ्जाबको आतंकवाद निरोधी विभागले हाफिज सईदसहित अन्य १३ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो ।
गिरफ्तारमा परेका यी समूहमाथि आतंकवादको लागि रकम जम्मा गर्न गैरसरकारी संस्थाहरु बनाउँदै प्रतिबन्धित भैसकेको संस्थाहरुका लागि चन्दा संकलन गरिरहेको आरोप छ ।
हाफिज सईदलाई कोट लखपतको जेलमा राखिएको छ । उनलाई ३० दिनपछि अदालतमा पेश गरिनेछ । उनी जमानत लिनका लागि गैरहेका बेला नै गिरफ्तार गरिएकाे हाे ।
पाकिस्तानी प्रधानमन्त्री इमरान खान केही दिनपछि अमेरिका भ्रमणमा जाँदैछन् । यसबीच हाफिजकाे गिरफ्तारी हुनुलाई पाकिस्तानले विश्व समुदायसमक्ष चरमपन्थी समूहप्रति आफ्नाे सरकार कठाेर भएकाे संकेत देखाउन चाहेकाे बताइएकाे छ ।
भारतले सईदमाथि सन् २००८ मा भएको मुम्बई हमलाको 'मास्टरमाइन्ड' भएको आरोप लगाएको छ । उक्त घटनामा कम्तीमा १७४ जनाले ज्यान गुमाएका थिए, जसमा ९ जना आतंकवादी पनि रहेका थिए । त्यस्तै ३०० बढी घाइते भएका थिए ।