म्यानचेस्टर सिटीको कप्तान खेलाडीले नै छान्ने !

 साउन २, २०७६ बिहिबार ८:३५:९ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रिमियर लिगको च्याम्पियन म्यानचेस्टर सिटीका कप्तान भिन्सेन्ट कोम्पनीले सन्यास लिएपछि अहिले क्लबमा कप्तानको स्थान रिक्त छ । रिक्त रहेको स्थान पूरा गर्नका लागि प्रशिक्षक ग्वार्डिओलाले खेलाडीलाई नै जिम्मा दिने भएका छन् ।

‘उनीहरु सबै सँगै बसेर कप्तान छान्नेछन्,’ग्वार्डिओलाले भने ।

सिटीको प्रिसिजन टुरका क्रममा चीनमा भएको वेष्टह्यामविरुद्धको खेलमा सिटीले ४–१ को जित हासिल गर्दा सिटीको नेतृत्व डेविड सिल्भाले गरेका थिए । तर, क्लबको स्थायी कप्तानको जिम्मेवारी भने केही समयपछि दिइनेछ ।

केभिन डी ब्रुयन म्यानचेस्टर सिटीको कप्तान बन्न इच्छुक छन् । उनले भने, ‘टिम र क्लबले मलाई कप्तान बनाउन चाहन्छ भने म खुशीका साथ स्वीकार गर्नेछु । तर, सबै जना आइसकेपछि यसको तय हुनेछ ।’
 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया