भीसीटीएस : एकै दिन ६ सय कन्टेनरले लिए सेवा, ६ हजार गाडी दर्ता

 साउन २, २०७६ बिहिबार १३:३९:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सूरु भएको पहिलो दिन नै ६ सय गाडीले राजश्व अनुसन्धान विभागले सुरु गरेको भेइकल एण्ड कन्साइन्मेन्ट ट्रयाकिङ सिस्टम (भीसीटीएस) सेवा लिएका छन् ।

ठूलो परिमाणमा एक ठाउँबाट अर्को ठाउँमा मालवस्तु ढुवानी गर्दा मालवस्तुको विवरण अनलाइन प्रणालीमा दर्ता गराउने भीसीटीएस सेवा लिएर बुधबार मात्रै ६ सय गाडी गन्तब्यतर्फ लागेको राजश्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीले उज्यालोलाई जानकारी दिनुभयो । यस्तै ६ हजार मालबहाक गाडीले दर्ता गरेर युजरनेम र पासवर्ड लिएको पनि उहाँले जानकारी दिनुभयो । एकै दिन यतिधेरै गाडीले सेवा प्रयोग गरेकाले आफुहरु उत्साहित भएको पनि महानिर्देशक मैनालीले बताउनुभयो ।

‘पहिलो दिन नै ६ सय ट्रक तथा कन्टेनर यो सेवामा समाविष्ट भएर गन्तव्यतर्फ लागेका छन्, हामी उत्साहित भएका छौँ, ३ महिनाभित्र अहिले भएको अन्योल हट्ने र सबै ढुवानीकर्ता यसमा समावेश हुन्छन भन्ने विश्वास छ ।’ मैनालीले भन्नुभयो ।

विभागले राजश्व चुवाहट कम गर्न र देशभित्र ओसारपसार हुने मालवस्तुको निगरानी अनलाइनबाटै गर्न साउन १ गते अर्थात बुधबारदेखि अनलाइन ट्रयाकिङ सुरु गरेको हो । विभागले सुरुका ३ महिना यसलाई प्रवद्र्धनात्मक रुपमा लागू गर्ने र असोज १ गतेदेखि भने यो सेवा प्रयोग नगर्ने गाडीलाई जरिवाना तिराउने जनाएको छ । तर व्यवसायीले भने सरकारले तयारीको लागि समय कम दिएको र पूर्वाधार नभएको भन्दै यसलाई तत्कालै लागू गर्न समस्या रहेको बताएका छन् । 

अन्तिम अपडेट: साउन २०, २०७६

तपाईको प्रतिक्रिया