सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, ताेलाकाे १ लाख २७ हजार ९ सय...
चैत १५, २०८० बिहिबार
बैतडी - बैतडीमा बिहीबार मोटरसाइकल दुर्घटना हुँदा सुर्नया गाउँपालिका वडा नं-१ का वडाध्यक्ष कलशबहादुर चन्दको निधन भएको छ ।
सुर्नया गाउँपालिकाको सतबाँझबाट खोचलेक तिर जाँदै गरेको वडाध्यक्ष चन्द चढेको से १ प १११४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको चन्द्रसिंंह ऐर चढेको म २ प ६६३३ नम्बरको मोटरसाइकलसँग ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका वडाध्यक्ष चन्द चन्दलाई पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि पुर्याउँदा मृत घोषणा गरिएको थियाे ।
अहिले चन्दको शव परीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ भने दुर्घटनामा घाइते भएका चन्द्र सिंंह ऐरको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ ।