धनगढीमा ग्यास सिलिण्डर विस्फोट : ५ जना गम्भीर घाइते

 साउन २, २०७६ बिहिबार २०:३:५८ | सीताराम ओझा
unn.prixa.net

कैलाली – कैलालीको धनगढीमा ग्यास सिलिण्डर विस्फोट हुँदा पाँच जना गम्भीर घाइते भएका छन् ।

धनगढीको शहीद गेट नजिकै रहेको निलम होटलमा बिहीबार साँझ सिलण्डर पड्किएर विस्फोट हुँदा पाँच जना गम्भीर घाइते भएको वडा प्रहरी कार्यालय धनगढीका प्रहरी निरीक्षक पुष्कर पन्तले बताउनुभयो ।

होटेलमा रहेकाे सिलिण्डर पड्किएर होटेलका सञ्चालक केशवराज पाण्डेयसहित बझाङका राम सिंह, कञ्चनपुर बेल्डाँडीका लक्ष्मण सेरेला, धनगढीका जितेन्द्र यादव र ठेगाना नखुलेका मोबिन खान घाइते भएका छन् । घाइतेहरुको चटकपुरमै रहेको माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक पन्तले जानकारी दिनुभयो । 

ग्यास सिलिण्डर विस्फोट कसरी भयो भन्ने बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: चैत २७, २०८०

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया