सचिनलाई आईसीसीकाे 'हल अफ् फेम'

 साउन ३, २०७६ शुक्रबार १४:५६:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

 क्रिकेटका हस्ती सचिन तेन्दुल्करको नाम आईसीसी हल अफ् फेममा दर्ता भएको छ ।

आईसीसीले सचिनसँगै दक्षिण अफ्रिकी हस्ती एलन डोनाल्ड र अष्ट्रेलियन पूर्व खेलाडी क्याथ्रिन फिजप्याट्रिकलाई पनि हल अफ् फेमको सम्मान दिएको छ । हल अफ् फेमको सम्मान पाउन सन्यास लिएको कम्तीमा पाँच वर्ष पूरा भएको हुनुपर्छ ।

सचिनले एकदिवसीय क्रिकेटमा १८ हजारभन्दा बढी रन बनाएका छन् । त्यस्तै टेस्ट क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने कीर्तिमान पनि सचिनकै नाममा छ । अन्तर्राष्ट्रिय क्रिकेटमा सय शतक बनाउने सचिन एक्ला खेलाडी हुन् । हल अफ् फेममा दर्ता हुने सचिन छैटौं भारतीय खेलाडी हुन् ।

अघिल्लो वर्ष राहुल द्रविडले यो सम्मान पाएका थिए । त्यसअघि बिसन सिंह बेदी, सुनिल गभास्कर, कपिल देव र अनिल कुम्बलेले पनि यो सम्मान पाएका थिए । ४६ वर्षे सचिनले कुल ३४ हजार ३ सय ५७ रन बनाएका छन् । 

दक्षिण अफ्रिकी खेलाडी एलन डोनाल्ड आफ्नो समयका उत्कृष्ट बलर हुन् । उनले टेस्टमा ३३० र एकदिवसीय क्रिकेटमा २७२ विकेट लिएका छन् । उनले सन् २००३ मा सन्यास लिएका थिए । 

महिला क्रिकेटमा सबैभन्दा धेरै विकेट लिने खेलाडीको दोस्रो स्थानमा रहेकी फिजप्याट्रिकले १८० एकदिवसीय र ६० टेस्ट विकेट लिएकी थिइन् । क्याथ्रीनले अष्ट्रेलियालाई दुई पटक विश्वकपको उपाधि जिताएकी थिइन् । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया