ओलीपछि प्रधानमन्त्री प्रचण्ड नै हाे : नेता पौडेल

 साउन ४, २०७६ शनिबार १२:०:१६ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही  - नेकपाका नेता तथा स्थायी समितिका सदस्य देवेन्द्र पौडेल 'सुनिल'ले सरकारको नेतृत्व पुष्पकमल दाहाल 'प्रचण्ड'ले गर्ने बताउनु भएको छ ।

रिपाेर्टर्स क्लव पाँच नम्बर प्रदेशले शनिबार बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै उहाँले पार्टी एकताको बेला शीर्ष नेताबीच भएको पाँच बुदे सहमतिमा आलोपालो सरकारको नेतृत्व उल्लेख भएकाले केपी ओलीपछि प्रचण्ड प्रधानमन्त्री बन्ने बताउनु भएको हो ।

शीर्ष नेताहरुबीच भएको सहमतीको पूर्ण कार्यान्वयन आवश्यक रहेको भन्दै उहाँले अहिले नै नेतृत्व परिवर्तनको बेला भने आइनसकेको बताउनु भयो । ओलीपछिको नेता प्रचण्ड नै भएको भन्दै उहाँले अबको साझा विचार 'जनताको जनवाद' नै हो भन्नुभयो ।

ओली सरकारका मन्त्रीहरुको कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै उहाँले मन्त्रीमण्डल पुनर्गठन आवश्यक भइसकेको नेता पौडेलको भनाइ छ । निर्मला हत्याकाण्ड, सञ्चार विधेयक, गुठी विधेयक, विषादी परीक्षण प्रकरणमा सरकारले परिपक्वता देखाउन नसकेको उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया