अब क्रिकेटमा पनि फुटबलमा जस्तै घाइते खेलाडीकाे स्थानमा 'रिप्लेस' गर्न सकिने

 साउन ४, २०७६ शनिबार १९:२९:० | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसीको हालै सम्पन्न बैठकले क्रिकेटमा पनि फुटबलको जस्तै खेलाडी परिवर्तनकाे नियम लागू गर्ने भएको हाे।

यसअघि प्लेइङ सेट सार्वजनिक भइसकेपछि कुनै पनि खेलाडी परिवर्तन गर्न पाइँदैनथ्यो । जसका कारण खेलाडी खेल्दा खेल्दै घाइते भए पनि पुनः ब्याटिङ गर्नुपर्ने बाध्यता थियो ।

बलरका हकमा भने अर्को बलरले ओभर पुरा गर्न पाउँथ्यो । तर अब क्रिकेट खेल्दा खेल्दै गम्भीर घाइते भएमा प्रतियोगिताका लागि घोषणा गरिएको १४ सदस्यीय टिममा रहेका खेलाडीबाट परिवर्तन गर्न पाइने छ । फुटबलमा यदि खेलाडी घाइते भएमा उसको परिवर्तन गर्ने विकल्प हुन्छ । 

आईसीसीका अनुसार अन्तर्राष्ट्रिय प्रतियोगितामा जो खेलाडीलाई गम्भीर चोट लाग्छ, उसको ठाउँमा परिवर्तन गरिने छ । त्यो परिवर्तन गर्नुअघि मेडिकल टिमले प्रमाणित भने गर्नुपर्ने हुन्छ ।

परिवर्तन भएको खेलाडीले ब्याटिङ र बलिङ गर्न पाउने छ । अहिलेसम्म फिल्डरको रुपमा मात्रै खेलाडी परिवर्तन गर्ने नियम थियो । आईसीसीको यो नयाँ नियम इंग्ल्याण्ड र अस्ट्रेलियाबीच हुने एसेज सिरिजदेखि लागू हुनेछ ।

खेलाडी परिवर्तन गर्दा ब्याट्सम्यान घाइते भएमा ब्याट्सम्यान नै ल्याउनु पर्नेछ । उसको ठाउँमा अरु बलर ल्याउन पाइने छैन । सन् २०१७ मा आईसीसीले यो नियम घरेलु क्रिकेटमा ट्रायलका रुपमा सुरु गरेको थियो ।

सन् २०१४ मा अष्ट्रेलियाका ओपनर ब्याट्सम्यान फिलिप ह्युजको प्रथम श्रेणीको क्रिकेट प्रतियाेगितामा निधन भएको थियो । टाउकोमा बल लागेर घाइते भएका उनको सोही कारणले निधन भयो । उनको निधनपछि आईसीसीलाई नयाँ नियम ल्याउन चौतर्फी दबाब दिइएको थियो । यो नियमको क्रिकेट टिमहरुले पनि स्वागत गरेका छन् । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया