४० वर्षीय बक्सर प्याकियाेलाई डब्ल्यूबीए सुपर च्याम्पियनको उपाधि

 साउन ५, २०७६ आइतबार १३:४१:१० | उज्यालो सहकर्मी
unn.prixa.net

फिलिपिन्सका बक्सर म्यान्नी प्याकियोले ४० वर्षको उमेरमा डब्ल्यूबीए सुपर च्याम्पियनको उपाधि जितेका छन् । लास भेगासमा भएको प्रतिस्पर्धामा केइथ थुरमनलाई अंकका आधारमा पराजित गर्दै प्याकियोले उपाधि जतेका हुन् ।

वेल्टरवेटका थुरमनले यसअघि कुनै पनि फाइट हारेका थिएनन् । उनले यसअघिका २९ वटा फाइट लगातार जितेका थिए । प्याकियोले थुरमनलाई पहिलो राउण्डमै ढलाएका थिए । तर, खेल पूरा समयसम्म चलेको थियो ।

दुई जना निर्णायकले प्याकियोको पक्षमा ११५-११२ अंक दिएका थिए । एक जना निर्णायकले प्याकियोलाई ११३ अंक दिए भने थुरमनलाई ११४ अंक दिएका थिए ।

आठ ओटा तौल समूहमा च्याम्पियन बनिसकेका प्याकियोको करियरमा यो ७१ औं फाइट थियो । जसमा उनले सात खेलमा मात्र पराजय भोगेका छन् । चारवटा पराजय उनले पछिल्लो एघार खेलमा ब्यहोरेका थिए ।

फिलिपिन्सका सिनेटरसमेत रहेका प्याकियोले अब बेलायतका अमिर खानसँग प्रतिस्पर्धा गर्नेछन् । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया