भीसीटीएसबारे गुनासो राख्न महासंघको टोली अर्थ मन्त्रालय जाँदै, सरकार पछि नहट्ने

 साउन ५, २०७६ आइतबार १४:११:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले मालवस्तु तथा ढुवानी साधनको अनलाइन निगरानी (भीसीटीएस), ढुवानीकर्ताले पनि भ्याट तिर्नुपर्ने र सरकारी/निजी जुनसुकै संस्थामा काम गर्नेको पनि प्यान अनिवार्य गरेको छ ।

सुधारको लागि सुरु गरेका यी नियमको केही व्यवसायीले भने विरोध गरिरहेका छन् । 

भीसीटीएस, ढुवानीकर्ता भ्याटमा जानै पर्ने र तलब दिँदा प्यान अनिवार्य गरिएको विषयमा गुनासाे राख्न नेपाल उद्योग वाणिज्य महासंघको टोलीले आइतबार अर्थमन्त्री डा. युवराज खतिवडासँग भेटवार्ता गर्दैछ । साना व्यापारीले जस्तो महासंघले यी नियम खारेज गर्नेभन्दा पनि सहज गरिदिन माग गर्ने महासंघले जनाएको छ । 

अर्थमन्त्री खतिवडाले दिउँसो ४ बजेको समय दिए पनि कर चुहावट हुन नदिन र आर्थिक क्षेत्र सुधारको लागि ल्याइएको नियमबाट भने पछि नहट्ने अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।

‘नियम बनाउने बेला नै अहिलेको अवस्था मूल्यांकन गरेर बनाइएको छ, व्यवसायीलाई धेरै गाह्रो परेको छैन, त्यसैले सरकार पछि हट्ने सम्भावना छैन र अर्थमन्त्रीले त्यही अडान राख्ने बताउनुभएको छ’, अर्थ मन्त्रालय स्रोतले उज्यालो अनलाइनलाई जानकारी दियो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया