अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
दाेलखा - लामोसाँघु–चरिकोट सडक खण्ड ३ दिनभित्र मर्मत गरेर सजिलै गाडी चल्ने बनाउन लामोसाँघु-तामाकोशी-जिरी सडक योजनाले निर्माण व्यवसायीलाई निर्देशन दिएको छ ।
आयोजनाले आइतबार सूचना प्रकाशित गरेर ३ दिनभित्र कार्यक्षेत्रमा प्रत्यक्ष उपस्थित भइ ठेक्का सम्झौता अनुसार सजिलै गाडी गुड्ने गरी सडक मर्मत गर्न निर्देशन दिएको हो ।
यदि ठेकेदारले ३ दिनभित्र कार्यक्षेत्रमा गएर काम नगरेमा आयोजनाले नै ठेकेदारको सामग्री प्रयोग गरेर सडक मर्मत गर्ने र अपुग सामग्रीको रकम पनि ठेकेदारबाटै असुर गरेर कम्पनीलाई कारबाही गर्ने आयोजनाले जनाएको छ । साथै सार्वजनिक खरिद ऐन २०६३ तथा सार्वजनिक खरिद नियमावली २०६४ बमोजिम ठेक्का सम्झौता तोड्ने आयोजनाले चेतावनी दिएको छ ।
यस्तै कार्य सम्पादन जमानत तथा धरौटी रकम जफत गर्नुका साथै प्रचलित कानुन बमोजिम कारबाही गरिने लामोसाँघु-तामाकोशी-जिरी सडक योजनाले बताएको छ ।
जिरो किलोदेखि २५ किलोमिटरसम्मको सडक बनाउने जिम्मा सीमाञ्चल गौरीपार्वती–सुनौला खिम्ती जेभीले पाएको छ । यस्तै २५ किलोटिमरदेखि ५५ किलोमिटरसम्मको ठेक्का शकिल हेदर शंकरमाली–सुनौला खिम्ती जेभी कम्पनीले पाएको छ ।
सिन्धुपाल्चोकको खाँडीचौरदेखि दोलखाको सदरमुकाम चरिकोटसम्मको ७५ किलोमिटर सडक स्तरोन्नति गर्ने काम सन् २०१५ बाट सुरु भएको थियो । वर्षासँगै सडक हिल्लाम्मे हुँदा चरिकोट-काठमाण्डौ यात्रा निकै कष्टपूर्ण भएकाे छ ।
उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।