नेपाल 'ए' र आयरल्यान्ड 'ए' बीचको खेल रद्द
चैत १५, २०८० बिहिबार
काठमाण्डाै - हङकङमा सुपुर्दगी सम्बन्धी कानुनको विरोधमा रहेका ३० जना प्रदर्शनकारी घाइते भएका छन् ।
रेल स्टेसनमा सेतो टिसर्ट लगाएका मानिसको समूहले आक्रमण गर्दा प्रदर्शनकारी घाइते भएको बीबीसीले जनाएको छ ।
आक्रमण गर्ने बारे नखुलाइए पनि सामाजिक सञ्जालमा उनीहरूले सरकारले नै घटना गराएको हुनसक्ने आरोप लगाएका छन् ।
हङकङमा लोकतन्त्रको समर्थनमा भएको र्यालीमा प्रहरीले अश्रुग्यास र रबरका गोली प्रहार गरेको थियो ।
आइतबारको प्रदर्शनमा ४ लाख ३० हजार जनाभन्दा धेरै सहभागि भएका आयोजकले दावी गरेका छन् भने प्रहरीले भने १ लाख ३८ हजार जनाले प्रदर्शन गरेको जनाएको छ ।