भारतको महत्वकांक्षी चन्द्रयान–२ प्रक्षेपण साेमबार दिउँसाे ३ बजे

 साउन ६, २०७६ सोमबार १३:५५:३८ | एजेन्सी
unn.prixa.net

भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (आईएसआरओ) को महत्वकांक्षी यान चन्द्रयान–२ सोमबार दिउँसो चन्द्रमामा पठाइने भएको छ । 

नेपाली समय अनुसार दिउँसो ३ बजे श्रीहरिकोटाको सतीश धवन अन्तरिक्ष केन्द्रबाट चन्द्रयान–२ प्रक्षेपण गरिने छ । जसका लागि सबै तयारी पूरा भएकाे आईएसआरओले जनाएकाे छ ।

चन्द्रमामा पठाउन लागिएको यानले चन्द्रमाको थप अनुसन्धान गर्ने बताइएको छ । चन्द्रमामा रहेको पानी, खनिज, र चट्टानको अवस्थितिका बारेमा अनुसन्धान गर्न भारतले यान पठाउन लागेको हो । 

झण्डै एक हप्ताअघि प्रक्षेपणको लागि तय गरिएको यानमा प्राविधिक समस्या देखिएपछि स्थगित गरिएको थियो । तर सोमबार पठाउन लागिएको यानमा सुधार गरिएको भारतीय अन्तरिक्ष अनुसन्धान संस्था आईएसआरओले जनाएको छ । 

यसअघि अमेरिका, चीन र रुसले चन्द्रमामा अन्तरिक्ष यान पठाइसकेका छन् । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया