अमेरिकी जासुसी संस्था 'सीआईए'लाई सघाएकाे आराेपमा १७ इरानी नागरिक गिरफ्तार

 साउन ६, २०७६ सोमबार १७:५८:४५ | एजेन्सी
unn.prixa.net

अमेरिकी जासुसी संस्था सेन्ट्रल इन्टिलेजेन्स एजेन्सी (सीआईए)लाई जासुसी गर्न सघाएको आरोपमा इरानले १७ जना आफ्ना नागरिकलाई हिरासतमा लिएकाे छ । 

जासुसी मन्त्रालयले अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनएनलाई पठाएको दस्तावेजमा इरानले केन्द्रीय अनुसन्धान एजेन्सी (सीआईए) को रिङ भत्काउँदै १७ जना इरानी नागरिकलाई पक्राउ गरिएको दाबी गरेको छ । 

पक्राउ परेका १७ जनाले नै सीआईएलाई सहयोग गर्न जासुसीको रुपमा काम गर्ने गरेको बताइएको छ । पक्राउ परेकामध्ये केहीलाई मृत्युदण्ड दिइएको मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । 

तर ती पक्राउ परेका व्यक्तिहरुको सम्बन्ध सीआईएसँग जोडिएको छ कि छैन यसबारेमा प्रष्ट भैसकेको छैन । इरानले भने जासुसी नेटवर्कको भण्डाफोर गरेको बताएकाे छ ।  

पछिल्लो समय अमेरिका र इरानबीच तनाव बढ्दो छ । गएको मे महिनाको सुरुवातमा अमेरिकाले इरानमाथि कैंयौ कडा प्रतिबन्ध लगाएको छ । 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया