विप्लव नेतृत्वको नेकपाका जुम्ला सेक्रेटरी बिर्खबहादुर शाही पक्राउ

 साउन ६, २०७६ सोमबार १६:२६:२८ | नेत्र शाही
unn.prixa.net

जुम्ला – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा जुम्लाका सेक्रेटरी बिर्खबहादुर शाही (प्रभाजित) पक्राउ पर्नु भएको छ ।

हिमा गाँउपालिका–६, निवासी सेक्रेटरी शाहीसहित दुई जनालाई जिल्ला प्रहरी कार्यालय जुम्लाले पक्राउ गरेको हो । पक्राउ पर्नेमा कालिकोटको नरहरि गाउँपालिका–२, निवासी युवा संगठनका कर्णाली ब्यूरो इञ्चार्ज बखतबहादुर बिष्ट पनि रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नवीन ओलीले जानकारी दिनुभयो ।

दुवै जनालाई सेक्रेटरी शाहीकै घरबाट पक्राउ गरीएको प्रहरी निरीक्षक ओलीले जानकारी दिनुभयो । सेक्रेटरी शाहीको परिवारले भने राति ढोका फुटाएर पक्राउ गरेको गुनासो पाेखेको छ । सेक्रेटरी शाही फोक्सोको बिरामी भएको बताउँदै परिवारले जबरजस्ती गर्नु राम्रो नभएको बताएको छ ।

प्रहरीले भने बाहिर ताल्चा लगाएको र खोल्न नमानेपछि फुटालिएको बताएको छ । शाही र बिष्ट सँग ८ ओटा पुस्तकसहित युवा संघको लेटरप्याड, केही चन्दा रसिद बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।

यसअघि जुम्लाका इञ्चार्ज चन्द्रवीर तिरूवा (रविकिरण)लाई सिँजा गाउँपालिकाको घोडेङ्गा गाउँबाट प्रहरीले नियन्त्रणमा लिएर छाडेको थियो ।

अन्तिम अपडेट: बैशाख १, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया