चुरियामाईमा कन्टेनरले थिचेर २ जनाको ज्यान गयो

 साउन ७, २०७६ मंगलबार १४:०:१ | उज्यालो सहकर्मी
unn.prixa.net

मकवानपुर – हेटौडा उपमहानगरपालिका–१५, चुरियामाईमा कन्टेनर पल्टिँदा २ जनाको ज्यान गएको छ । अरु ३ जना घाइते भएका छन् । ज्यान गएका व्यक्तिको परिचय खुलेको छैन । 

चुरियामाईमा सोमबार रातिदेखि बिग्रिएर सडकमा तेर्सो परेको भारतीय कन्टेनर अगाडि बढाउन खोज्दा पल्टिएर दुई जनाको ज्यान गएको हाे । मालवाहक कन्टेनरलाई चुरियामाईको उकालोमा अगाडि बढाउन खोज्दा पछाडि हट्दा अरु थप पाँचवटा गाडीलाई ठक्कर दिएको थियो ।

एकले अर्को गाडीलाई ठक्कर दिएका कारण गाडीले थिचेर २ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो । 

भारतको रक्सौलबाट हेटौंडातर्फ आउँदै गरेको भारतीय मालवाहक कन्टेनर साेमबार रातिदेखि बाटाेमै बिग्रिएकाे थियाे । मंगलबार बिहान अगाडि बढाउन खाेज्दा कन्टेनर पल्टिएकाे प्रहरीले जनाएकाे छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया