चट्याङ लागेर माेरङमा एक जनाकाे ज्यान गयाे

 साउन ७, २०७६ मंगलबार १५:१५:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

मोरङ -मोरङको बुढीगंगा गाउँपालिकामा चट्याङ लागेर मंगलबार एक जनाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी राजकुमार खिउजुका अनुसार मध्यान्ह  खेतमा काम गरिरहेको अवस्थमा बुढीगंगा गाउँपालिका-७ का रामेश्वर विश्वासको ज्यान गएको हो ।

बुढीगंगा-७, पर्सावानी बस्ने बर्ष ३० का रामेश्वर विश्वास आफ्नै खेतमा काम गरिरहेको अवस्थामा अचानक चट्याङ लागेर घटनास्थलमै ज्यान गएको र शवकाे  आवश्यक सबै कानुनी प्रक्रिया पूरा गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

साेमबार पनि मोरङकै धनपालथान गाउँपालिकामा खेतमा जोत्दै गरेका एकजनाको चट्याङ लागेर ज्यान गएको थियो । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया