गृहकार्य नगरेको भन्दै विद्यार्थी कुट्ने शिक्षक पक्राउ

 साउन ७, २०७६ मंगलबार १६:२६:२२ | उज्यालो सहकर्मी

कास्की – गृहकार्य नगरेको भन्दै विद्यार्थी कुट्ने शिक्षकलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका–२५, हेम्जामा रहेको हेम्जा बोर्डिङ स्कुलका शिक्षक श्रीराम त्रिपाठीलाई विद्यालयमा अध्यनरत १४ वर्षीय एक बालकलाई होमवर्क नगरेको भन्दै कुटपिट गरेको आरोपमा प्रहरीले सोमबार नियन्त्रणमा लिएको हो ।

शिक्षक त्रिपाठीले कक्षा कोठाभित्रै विद्यार्थीलाई गृहकार्य नगरेको भन्दै कुटपिट गरी घाइते बनाएको आरोप छ । शिक्षकलाई नियन्त्रणमा लिई कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय कास्कीले सोमबार हेम्जामा विद्यार्थीलाई प्रहरीसँग एक दिन कार्यक्रम सञ्चालन गरेको थियो । 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया