चिनियाँ पूर्व प्रधानमन्त्री ली पेङको निधन

 साउन ७, २०७६ मंगलबार १७:५१:५१ | एजेन्सी
unn.prixa.net

चीनका पूर्व प्रधानमन्त्री ली पेङको सोमबार निधन भएको छ । उनी ९० वर्षका थिए । 

चिनियाँ सञ्चार माध्यमका अनुसार पूर्व प्रधानमन्त्री पेङको  सोमबार बेइजिङमा निधन भएको हो । उनी लामो समयदेखि बिरामी रहेका थिए । 

पूर्व प्रधानमन्त्री पेङलाई सन् १९८९ मा भएको तियानमेन स्क्वायरको नरसंहारका मुख्य दोषीका रुपमा समेत हेर्ने गरिन्छ । अधिकारकर्मीहरुले तियानमेन घटनामा उनको सलंग्नतालाई लिएर ‘बेइजिङको कसाई’ समेत  भन्ने गरेका थिए ।

पेङले सन् १९८० र ९० को दशका चिनियाँ सरकारको उच्च पदमा रहेका काम गरेका थिए । प्रजातन्त्रवादी पक्षधरहरुले सन् १९८९ मा बेइजिङको तियानमेन स्क्वायरमा गरेको आन्दोलनमा भएको दमनमा पेङको प्रमुख भूमिका थियो । प्रदर्शनमा चिनियाँ सेनाले बख्तरबन्द गाडीले चलाएर सयौँ नागरिकको ज्यान लिएको थियो । 

ली पेङले मार्सल ल लगाएर आन्दोलन दबाउन खोजेका थिए । उनले पछि आफ्नो कार्यको बचाउ गर्दै ‘आवश्यक कदम’ को संज्ञा दिएका थिए । 

सन् १९८९ मा तियानमेन स्क्वायरमा चिनियाँ कम्युनिष्ट पार्टीका पूर्व महासचिव हु याओबाङको निधनमा शोक सभा भएको थियो । झण्डै एक लाख मानिस तियानमेन स्क्वायरमा उपस्थित भएका थिए ।

हुको अन्तिम संस्कार हुनुअघि विद्यार्थीहरुले राजनीतिक उदारवाद र सुधारको माग गर्दै तियानमेनमा प्रदर्शन गरेका थिए । प्रदर्शन दबाउन तत्कालीन चिनियाँ सरकारले चालेको कदमको अहिलेसम्म पनि विरोध हुँदै आएको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया