अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
काठमाण्डौ – फलफूल तथा तरकारीमा विषादी सजिलै छुट्याउन त गाह्रो हुन्छ । यसको मापन गर्न यन्त्र उपकरणको आवश्यकता पर्छ ।
तर पनि तरकारी तथा फलफूल किन्दा केही सावधानी अपनाएको खण्डमा विषादीबाट बच्न सकिन्छ । उदाहरणका लागि हेर्दा तरकारी तथा फलफूल एकदमै चिल्लो देखिन्छ, त्यसलाई बहिस्कार गर्ने ।
– ओइलिएको जस्तो या किरा फट्याङग्राले खाएको जस्तो किन्ने ।
– खोट नभएको भन्दा पनि कतै खोट भएको किन्ने ।
– सागपातमा प्वाल परेको जस्तो किन्ने ।
विषादीयुक्त तरकारी तथा फलफूलले तत्काल गर्ने असर
– वाकवाकी र रिँगटा लाग्ने ।
– खान मन नलाग्ने ।
– एलर्जी हुने ।
– ज्वरो आउने तथा पूरै शरीरमा डाबर देखिने ।
दीर्घकालीन असर
– फोक्सो, मुटु, मृगौला तथा दिमागमा असर गर्ने ।
– सुगर तथा प्रेसरको रोग निम्त्याउने ।
– क्यान्सरको सम्भावना बढी हुने ।
– गर्भवती महिलामा समस्या ल्याउने ।
– बालबालिका अपाङ्ग वा सुस्त मनस्थितिका शिशु जन्मिने खतरा बढ्ने ।
– बाँझोपनको समस्या देखा पर्ने ।
फलफूल र तरकारीमा रहेको विषादीबाट बच्ने उपाय
– सकभर मौसमअनुसार फल्ने फलफूल र तरकारीको मात्र सेवन गर्नुपर्छ ।
– अर्गानिक र ताजा फलफूल र तरकारी किन्नुपर्छ ।
– विषादीजन्य खाद्यान्नलाई बहिष्कार गर्नुपर्छ ।
विषादीयुक्त फलफूल र तरकारी भान्सामा नै भित्रिएको अवस्थामा
– सामान्य तरिका भनेको राम्ररी धुने, पखाल्ने नै हो । तर धोइपखाली गर्दासमेत विषादी नजान सक्छ, त्यसैले अधिक मात्रामा रहेको विषादी हटाउन नुनपानीको प्रयोग गर्न सकिन्छ ।
– यदि नुन पनि नराख्ने हो भने सफा पानीमा रातभर भिजाउने र बिहान राम्रोसँग पखाल्ने गर्यो भने धेरै हदसम्म बाहिरी भागमा रहेको विषादी जान्छ । उपभोक्ता आफैँ सचेत भइ आफ्नो स्वास्थ्यका लागि विषादीमुक्त फलफूल र तरकारी खानु पर्दछ ।
(शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुनसँग गरेको कुराकानीमा अधारित)