सामसुङको ग्यालेक्सी ए८० बजारमा

 साउन ९, २०७६ बिहिबार ८:७:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सामसुङले नयाँ ग्यालेक्सी ए८० स्मार्ट फोन नेपाली बजारमा ल्याएको छ । यो फोनमार्फत नयाँ सेल्फीको जमानाबाट 'इरा अफ लाइभ'मा पुगेको कम्पनीले दाबी गरेको छ ।

यसमा फुलस्क्रिन डिस्प्ले, रोटेटिङ्ग क्यामरा तथा इन्टलिजेन्ट ब्याट्रीजस्ता सुविधा रहेको कम्पनीको भनाइ छ । कम्पनीकाअनुसार यसमा भएको रोटेटिङ्ग क्यामराले प्रयोगकर्तालाई आफू वरिपरिको संसारलाई सहजै कैद गर्ने अवसर प्रदान गर्दछ ।

जब क्यामरामा भएको एप फोटो खिच्नको लागि प्रयोग गरिन्छ, तब फोनको पछाडि भएका तीनैवटा क्यामरा स्वतः पप–अप भई रोटेट हुन्छन् ।  ४८ मेगापिक्सलको मुख्य क्यामराले दिनमा वा रातमा स्पष्ट एवं सफा फोटो खिच्न सकिने पनि कम्पनीको दाबी छ ।

यसको थ्रिडी डेप्थ क्यामराले लाइभ फोकस गरी कुनै पनि वस्तुको गहिराइ मापन गर्न सक्दछ । यसमा प्रयोग भएको अल्ट्रा वाइड एङ्गल लेन्सले मानव आँखाले जस्तो देख्न सक्छ त्यस्तै क्यामरामा कैद गर्न सक्दछ ।

यसमा भएको सुपर स्टडी भिडियो मोडले नहल्लिएको, सहज, प्रोलेभल एक्सन भिडियो खिच्न सकिने कम्पनीले जनाएको छ । त्यसैगरी स्केन अप्टिमाइजरले ३० भन्दा बढी दृश्यलाई पहिचान गरी फोटो खिच्नुभन्दा अगाडि जानकारी प्रदान गर्दछ । साथै फ्लो डिटेक्सनले फोटो खिच्दा भएका त्रुटिहरुलाई स्वतः पहिचान गरी फोटो खिच्नु पहिले संशोधन गर्ने जानकारी समेत प्रदान गर्ने कम्पनीले बताएको छ ।

यसमा तीन हजार सात सय एमएएचको ब्याट्री लाग्दछ र यो २५ वाट सुपर फास्ट चार्जिङ्ग क्षमताले लामो समयसम्म आबद्ध हुने स्वतन्त्रता प्रदान गर्दछ । यसमा भएको एक्टिभ पावर सेभले ब्याट्रीलाई स्मार्ट तरिकाबाट बचत गरी फोनको कार्यसम्पादन गर्न सकिने कम्पनीले जनाएको छ ।

यसमा चिपसेटदेखि सफ्टवेरसम्मलाई सुरक्षा प्रदान गर्ने सामसुङको डेफिनेस ग्रेड सुरक्षा प्रणाली सामसुङ केनोक्स जडित छ जसले ए८०को कनेक्सनलाई सुरक्षित बनाई चलाउने स्वतन्त्रता प्रदान गर्दछ । यो स्मार्टफोन तीनवटा रंगमा उपलब्ध रहेको छ । यसको मूल्य नेपाली बजारमा ७९ हजार नौ सय ९० रुपैयाँ तोकिएको छ। 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया