शेयर बजार तीन अङ्कले घट्याे
बैशाख १३, २०८१ बिहिबार
काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साउन महिनाभित्र पार्टी एकताको सबै काम सकिने बताउनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको छैटौँ स्मृति दिवसका अवसरमा पार्टी कार्यालय धुम्बाराहीमा आयोजित स्मृति सभामा अध्यक्ष प्रचण्डले पार्टी एकताको माथिदेखि तलसम्मको सबै काम यो महिनाभित्र सकिने स्पष्ट पार्नुभयो ।
धेरै अप्ठ्यारा र घेराहरुलाइ चिर्दै पार्टी एकतालाई अन्तिम रुपमा ल्याउन सकिएको भन्दै उहाँले यो महिनाभित्र पार्टी एकताको सबै काम सकेर भदौबाट भने देशब्यापी कार्यक्रममा निस्कने बताउनुभयो ।
यो महिनाभित्र स्थायी समिति र केन्द्रीय समिति बैठक बसेर अब बाँकी रहेका पार्टी एकताको सबै काम टुंगोमा पुर्याउने उहाँले बताउनुभयो ।
पार्टी एकताको काम सकिएपछि पार्टीको नीति, सिद्धान्त र सरकारका कामबारे नागरिकलाई जानकारी गराउन देशव्यापी कार्यक्रम गर्ने पनि उहाँले बताउनुभयो ।
अहिले कम्युनिष्ट पार्टीका सामु ठूलो अवसर रहेको भन्दै उहाँले जनमतबाट प्राप्त बहुमतको शक्तिलाई प्रभावकारी काममा लगाउने गरी सरकारले काम गरिरहेको पनि उहाँले जानकारी दिनुभयो ।