स्कुल बसबाट नक्कली नोेट र लागुऔषध बरामद

 साउन १०, २०७६ शुक्रबार १४:२५:२६ | गोपाल भण्डारी
unn.prixa.net

कपिलवस्तु – मायादेवी गाउँपालिका वडा नम्बर–१ चाकरचौडा एक स्कुल बसबाट नक्कली नोट र लागुऔषध बरामद गरिएको छ ।

पिपराबाट चाकरचौडातर्फ आउंदै गरेको लु १ क १५५४ नम्बरको पिस ग्लोबल इङ्गलिस बोर्डिङ्ग स्कुल बसको टुल बक्सबाट नक्कली जस्तो देखिने ५ सय दरका ८८ थान र १० पुरिया खैरो हिरोइन बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गाडी चालक मायादेवी गाउँपालिका वडा नम्बर ८ बस्ने २६ वर्षीय देउकी नन्दन कसौधनलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पिपराबाट चाकरचौडातर्फ आउँदै गरेको लु १ क १५५४ नम्बरको पिस ग्लोबल इङ्गलिस बोर्डिङ्ग स्कुल बसका चालक कसौधनलाई विशेष सुराकीका आधारमा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले बताउनुभयो ।

पक्राउ परेका कसौधनउपर थप अनुसन्धान भैरहेको प्रहरी नायब उपरीक्षक पाण्डेले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया